Thursday, November 21, 2024
Home > मुख्य समाचार > मकैखेतिमा फौजी किराको संक्रमण, किसानहरु चिन्तित

मकैखेतिमा फौजी किराको संक्रमण, किसानहरु चिन्तित

तराईमा विस्तार हुँदै गएको मकैखेतिमा फौजी किराको संक्रमण देखिएको छ । उम्रिदै गरेको मकैका बिरुवामा फौजी किराको लार्भाको संक्रमण भएस“गै मोरङका किसानहरु चिन्तित भएका छन् ।

धानबालीमा देखिएको फौजीकिराको संक्रमण खेति उठाएपछि हट्ने अनुमान गरिएपनि मकैबालीमा समेत देखापरेको छ । केही समयअघि पहाडी जिल्लामा लगाइएको मकैखेतिमा पनि अमेरिकन आर्म इन्सेक्टको संक्रमण भएको थियो । पछिल्लो समय झापा, मोरङ र सुनसरीमा लगाइएको मकैखेतिमा यसको संक्रमण पाइएको छ । तराईमा हिउ“दे बालीको रुपमा मकैखेति गर्ने प्रवृत्ति विस्तार हु“दै गएको बेला फौजी किराका कारण किसानहरु हच्किएका छन् । मोरङ जहदा गाउ“पालिका १ का किसान मायानन्द यादवले आफ्नो अढाइ विगाहा जग्गामा
लगाइएको मकै फौजी किराले नोक्सान गरेको बताउनुभयो । कृषि निर्देशनालयको सहयोगमा फौजी किरा मार्ने विषादी छर्कीरहेको भएपनि
किराले धेरै कमैको विरुवा नष्ट बनाएको उहाँले बताउनुभयो ।

त्यस्तै जहदाकै अर्का किसान महेन्द्र दासको पनि डेढ विगाहामा लगाएको कमैमा फौजी किराको संक्रमण देखा परेको छ । किरा मार्ने विषादी हालिरहेको भएपनि करिब ३० प्रतिशत मकैको विरुवा फौजी किराले नष्ट गरिसकेकोले यसपटक उत्पादनमा ह्रास आउने भन्दै उहाले चिन्ता व्यक्त गर्नुभयो ।

नेपालमा पहिलो पटक अघिल्लो वैशाख २७ गते फौजी किरा भेटिएको थियो । अमेरिकामा पाइएको फौजीकिरा भारत हु“दै नेपाल प्रवेश गरेको अनुमान गरिएको छ । मकै मन पराउने भएकोले मकैखेतिका लागि यो सबैभन्दा धेरै हानिकारक मानिएको छ । मकै नपाएको खण्डमा फौजीले जुनेलो, धान, गहु“, उखु लगायत अन्नबालीमा आक्रमण गर्ने गरेको छ । यसले आलुबालीसमेत सखाप बनाउन सक्ने चेतावनी प्राविधिकहरुले दिएका छन् । किसान सचेत भए फौजी किरा नियन्त्रण गर्न सकिने भन्दै बालि संरक्षण प्रयोगशाला विराटनगर कार्यालयले बालीमा निगरानी गर्न र लार्भा भेटिए तत्काल खबर गर्न किसानहरुलाई आग्रह गरेको छ ।

फौजी किराले भर्खर उम्रेको मकैको बिरुवादेखि घोगामासमेत असर पार्न सक्नेतर्फ पनि प्राविधिकहरुले किसानलाई सचेत गराएका छन् । खोस्टाले पुरै घोगा छोपिने जातको मकै लगाउन पनि उनीहरुले भनेका छन् । कृषि कार्यालयले मिश्रीत खेति गर्ने, मकै बालीको बिचबिचमा डेस्मोडियम जातको घा“स लगाउने र किरा मार्ने एजाडिराक्टिन बिषादी छरेर फौजी किरा नियन्त्रण गर्न सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *