Friday, November 22, 2024
Home > मुख्य समाचार > अवैध रुपमा यौनधन्दा चलाउँदै आएका होटल सञ्चालकसहित तीन जना पक्राउ

अवैध रुपमा यौनधन्दा चलाउँदै आएका होटल सञ्चालकसहित तीन जना पक्राउ

चितवनमा अवैध रुपमा यौनधन्दा चलाउँदै आएका होटल सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

क्लिन चितवन बनाउने अभियानमा अवैध यौनधन्दा बढेको भन्ने आम जनताको गुनासोको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पछिल्लो समयमा फस्टाउदै गरेको यौन विकृतिको नमुना मात्र भएको भन्दै चितवन प्रहरीले नमुनाको रुपमा देखिएको यो दृश्य र संवाद चितवनको लागि कुनै नयाँ र नौलो कुरा भने नभएको बताएको छ । भरतपुर महानगरपालिकाको खोटाङ सगरमाथा होटल एण्ड गेष्ट हाउसका सञ्चालक जंगबहादुर क्षेत्री, उनकी श्रीमती निर्मला थापा क्षेत्री र धरानकी रोशिका राईलाई पक्राउ गरिएको एसपी दानबहादुर मल्लले जानकारी दिनुभयो । दुई जना युवतीलाई होटलको कोठामा बन्धक बनाई विगत लामो समयदेखि बेश्यावृतीमा लगाएको भन्ने सूचनाको आधारमा ३ जनालाई पक्राउ गरेको एसपी मल्लले बताउनुभयो । होटलमा १८ देखि २३ वर्ष उमेरका युवतीहरुलाई होटल सञ्चालकले यौनधन्दामा लगाउने र उनिहरूलाइ सो बापत ५ देखि १५ सयसम्म रकम दिने गरेको खुल्न आएको छ । पक्राउ परेकाहरु तीनै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको चितवन प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *