“स्वास्थको लागि खेलकुद राष्ट्रको लागि खेलकुद“ भन्ने नाराको साथ आज बाट बिराटनगरको शहिद रंगशाला स्थित कबर्ड हलमा २ दिने महिला डिफेन्स किशोरी संग उपप्रमुख कार्यक्रम सुरु भएको छ ।
नेपाल खेलाडी तथा प्रशिक्षक संघ मोरंङको आयोजना र बिराटनगर महानगरपालिकाको सहकार्यमा प्रशिक्षण सुरु भएको हो । बिराटनगरको शहिद रंगशाला , पुष्पलाल चोक र रानीमा चरणबद्ध रुपमा प्रशिक्षण आयोजना गरिने कार्यक्रम संयोजक तथा नेपाली खेलाडी तथा प्रशिक्षक संघ मोरङका अध्यक्ष बिमल पोखरेलले बताउनु भयो । उहाँले विद्यार्थीहरुले आत्मरक्षा गर्न सकुन भनेर प्रशिक्षण आयोजना गरिएको बताउनुभयो । प्रशिक्षार्थीहरुलाई सुरज कामत , क्षितिज कोइराला, रिना श्रेष्ठ र किर्ति दुलाल लगायतको टोलीले प्रशिक्षण दिने छन । प्रशिक्षणमा बिराटनगरका निजि तथा सामुदायिक बिद्यालयमा ५ देखि ९ कक्षा सम्म अध्ययनरत करिब २ सय बिद्यार्थीको सहभागिता रहने कार्यक्रम संयोजक पोखरेलले बताउनुभयो ।