काठमाडौं महानगरपालिकाले २५ औं महानगर दिवसको अवशरमा सडकमानवमुक्त अभियानको घोषणा गर्ने भएको छ ।
महानगर स्थापनाको २५ वर्ष पुगेको अवशरमा महानगरले अभियानको घोषणा गर्ने भएको हो । मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा अभियानको घोषणा गरिने महानगरका मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो । एक छाक खानाकै लागि सडकमा बसिरहेकाहरुलाई उद्धार गरि सम्मानपूर्वक बाँच्ने वातावरण निर्माण गरिने उहाँले बताउनुभयो । त्यसैगरी महानगरपालिकाको वडा नम्बर ६ मा स्थापना गरिएको दमकल भवनको उद्घाटन समेत गरिने उहाँले बताउनुभयो । तीन वटासम्म दमकल राख्ने मिल्ने भवनसँगै तालिम केन्द्रको पनि व्यवस्था रहेको उहाँले बताउनुभयो । २०५२ साल मंसिर २९ गते तत्कालीन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरेको अवसरमा हरेक वर्ष महानगर दिवस मनाउने गरिएको छ ।