इटहरीमा राष्ट्रिय उद्यमशील महिला मेला आयोजना हुने भएको छ ।
नेपाल उद्यमशील महिला महासंघ काठमाडौंको आयोजनमा मंसिर २८ गतेदखि पुष ६ गतेसम्म मेला सञ्चालन हुन लागेको हो । महासंघले आज मेला स्थलमा पत्रकार सम्मेलन गरि स्थानीय उत्पादनहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले मेला सञ्चालन गर्न लागिएको जानकारी गराएको छ । मेलामा १ सय वटा स्टल रहने तथा महिलाहरुले उत्पादन गरेका हस्तकलाका सामानहरुलाई प्राथमिकता दिइने नेपाल उद्यमशील महिला संघ इटहरीकी महासचिव सुमि थापाले जानकारी दिनुभयो । मेला आयोजनाका लागि ४० लाख रकम खर्च हुने र २ करोड बढीको कारोवार हुने अनुमान गरिएको नेपाल उद्यमशील महिला संघकी अध्यक्ष देवीका बुढाथोकीले जानकारी दिनुभयो । मेलाबाट स्थानीय महिलाहरुले उत्पादन गरेका समानहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहयोग पुग्ने उहाँले बताउनुभयो ।