Monday, November 25, 2024
Home > राष्ट्रिय समाचार > भूकम्पबाट प्रभावित ११ वटा सांस्कृतिक सम्पदाको संरक्षणका लागि भारतले सहयोग गर्ने

भूकम्पबाट प्रभावित ११ वटा सांस्कृतिक सम्पदाको संरक्षणका लागि भारतले सहयोग गर्ने

नेपालमा भूकम्पबाट प्रभावित ११ वटा सांस्कृतिक सम्पदाको संरक्षणका लागि भारतले डिजाइन तथा परियोजना व्यवस्थापन सेवा उपलब्ध गराउने भएको छ ।

भारतीय राजदुतावासले इंडियन नेशनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेज (इन्टाच) सँगको सहकार्यमा उक्त सेवा दिने भएको हो । सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आज काठमाडौंमा एक कार्यक्रममा भारतीय दूतावासका नियोग उपप्रमुख डा. अजय कुमार तथा इन्टाचका सदस्य सचिव डा. सी टी मिश्राले हस्ताक्षर गर्नुभयो । उक्त कार्यक्रममा भारतीय राजदूत मञ्जिवसिंह पुरीले काठमाडौं, ललितपुर भक्तपुर र सोलुखुम्बुमा रहेका ११ वटा साँस्कृतिक सम्पदाको पुर्ननिर्माणका लागि डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको बताउनुभयो ।

साँस्कृतिक सम्पदाको पुर्ननिर्माणका लागि नेपाल सरकारले तयार पारेको निर्देशिका अनुसार नेपाल साँस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको पुरातत्व विभागसँग मिलेर उक्त संस्थाले काम गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *