Monday, November 25, 2024
Home > मुख्य समाचार > किराँत समुदायले उधौली पर्व मनाउदै

किराँत समुदायले उधौली पर्व मनाउदै

मंसिर शुक्ल पूर्णिमाको दिन आज किराँत समुदायले उधौली पर्व मनाउदै छन ।

तीन दिन अघि शुरु भएको यो पर्वको तेस्रो दिन किराँत समुदायका राई, लिम्बु, सुनार र याक्खा जातिले संयुक्त रुपमा उघौली पर्व मनाउने गर्छन् । किराँत समुदायमा बैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंसिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने गरिन्छ । ललितपुरको सानो हात्तीवनमा रहेको ऐतिहासिक तीर्थस्थलमा पुगेर किराँत पर्व उधौली विशेष रुपमा मनाउने गरिन्छ । सानो हात्तीवन किराँत माङ्हिम व्यवस्थापन समितिका सल्लाहकार राजबहादुर राईले किराँत समुदायले बैशाख शुक्लपक्षमा बाली लगाउने बेला उभौली पर्व मनाउने र मंसिरमा अन्नबाली घर भित्र्याएपछि प्रकृति र पितृलाई स्मरण गर्ने परम्परा अनुसार उधौली मनाउने गरिएको बताउनुभयो ।

समितिका अध्यक्ष दुर्गामणि देवानले ललितपुरको हात्तीवनमा १ सय ९ बर्ष पहिलेदेखि संयुक्त रुपमा चारवटै किराँत समुदायले उधौली पर्व मनाउँदै आएको बताउनुभयो । उधौली पर्वमा पुजापछि आ–आफ्नो परम्परा अनुसार चण्डीनाच, च्याब्रङनाच, ढोलानाच लागयतका नाच नाचेर मनोरन्जन गरिने परम्परा रहेको छ । यस्तै नेवार समुदायले योमह्री पूर्णिमा मनाउँदैछन् । जाडोको समयमा चामलको पिठोबाट बनेको विशेष परिकारलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो । आजको दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *