उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने जुनसुकै ओहोदाको व्यक्ति भए पनि छुट नदिने प्रतिवद्धता जनाउनुभएको छ ।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरलेले ठूला माछा र साना माछाको प्रशंग चल्ने गरेको बताउँदै भ्रष्टाचारमा संलग्न जुनसुकै व्यक्तिले पनि छुट नपाउने प्रतिवद्धता जनाउनुभएको हो । उहाँले राजनीतिको संरक्षणमा त्यस्ता कर्महरु हुन्छन् भने तिनिहरुले छुट नपाउने कुरामा विश्वस्त हुन आग्रहसमेत गर्नुभएको छ । भ्रष्टाचारीहरुलाई राजनीतिको संरक्षण हुने गरेका÷भनिएका कुनै पनि भ्रष्टाचारजन्य कामहरुले छुटन नपाउने उहाँले बताउनुभयो । जुनसुकै तहमा रहेको राजनीतिक नेतृत्वबाट भ्रष्टाचारजस्तो दुस्कर्म भएको भेटिए दण्डनीय हुने पोखरेलले बताउनुभयो । भ्रष्टाचारले नियमित, आकस्मिक र सामाजिक जीवनलाई तहसनहस गर्ने बताउँदै उहाँले त्यस्ता कार्यमा संलग्न व्यक्तिले कुनै न कुनै रुपले दुस्परिणाम भोग्ने कुरा सत्य भएको बताउनुभयो ।