Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > बाँसबारीका स्थानीयबासीले सडक डिभिजन कार्यालयका कर्मचारीलाई र्याख–र्याख्ती पारे

बाँसबारीका स्थानीयबासीले सडक डिभिजन कार्यालयका कर्मचारीलाई र्याख–र्याख्ती पारे

मोरङको सुन्दरहरैंचास्थित बाँसबारीका स्थानीयबासीले महिनौंदेखि भत्किएको सडक नबनाएको भन्दै विरोध स्वरुप हरेक दिन विहान १५ मिनेट चक्काजाम गर्दै आएका छन् । आइतबार स्थानीयबासीलाई चक्काजाम नगर्न भन्दै सम्झाउन पुगेका सडक डिभिजन कार्यालय विराटनगरका कर्मचारीलाई स्थानीयबासीले सडक किन नबनाएको भन्दै र्याख–र्याख्ती पारेका छन् ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका पटक–पटक सडक डिभिजन कार्यालय विराटनगर र स्थानीय जनप्रतिनिधिलाई जानकारी गराउँदा समेत काम नभएको भन्दै स्थानीयबासी आन्दोलित भएका हुन् । झण्डै ६ महिना अघिदेखि विग्रिएको बाटो मर्मत गर्न सरोकारवाला निकायले ध्यान नदिएपछि स्थानीयबासीले विरोध स्वरुप शनिबार र आइतबार १५ मिनेट चक्काजाम गरेका छन् ।  आइतबार चक्काजाम सकिएपछि पुगेका सडक डिभिजन कार्यालय विराटनगरका सव इञ्जिनियर राजेश यादवलाई स्थानीयबासीले र्याख–र्याख्ती पारेका हुन् । यतिका समय सडक भत्कँदा समेत किन नबनाएको भन्दै उनीहरुले सव इञ्जिनियर यादवलाई प्रश्न गरे । स्थानयबासीको प्रश्नको जवाफ दिंदै सव इञ्जिनियर यादवले सुनसरी र मोरङका सबै सडक मर्मतका लागि आइतबार नै ठेक्काको शिलबन्दी खोल्ने भएकाले बढीमा १ महिना भित्र काम सुरु हुने प्रतिवद्धता जनाउनुभयो ।  साथै धुलो उड्न नदिन तत्काल मोटर जडान गरि पानि हाल्न थालिएकाले स्थानीयबासीले आजैदेखि धूलो खान नपर्ने भन्दै उहाँले चक्काजाम नगरदिन आग्रह गर्नुभयो ।

सव–इञ्जिनियर यादवको जवाफ सुनेपछि स्थानीयबासीले १ महिनाभित्र काम हुनुपर्नेमा जोड दिंदै काम नभए कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । सडक भत्किएको महिनौं वितिसक्दा समेत मर्मत नगरेपछि स्थानीयबासी आन्दोलित भएका हुन् । पूर्वपश्चिम राजमार्गको सो क्षेत्रमा करिव १ सय मिटर बाटो पूरै कच्ची अवस्थामा छ । जसका कारण दैनिक हजारौंको संख्यामा सवारी साधन आवत–जावत गर्दा धूलो उडेर वरिपरिका बासिन्दालाई समस्या भएको छ भने दुर्घटनाको जोखिम समेत बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *