Friday, November 22, 2024
Home > खेलकुद समाचार > १३औं सागमा नेपाललाई ४९ वटा स्वर्णपदक

१३औं सागमा नेपाललाई ४९ वटा स्वर्णपदक

१३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले अहिलेसम्म ४९ ओटा स्वर्णपदक जितेको छ ।

नेपालले आज बक्सिङमा दुईओटा तथा पौडी र जुडोमा एक–एकओटा स्वर्णपदक जितेको छ । बक्सिङको महिला ५४ केजी समूहमा मीनु गुरुङ र भूपेन्द्र थापामगरले ६४ केजी तौल समूहमा नेपाललाई स्वर्ण दिलाएका हुन् । त्यस्तै, जुडोबाट पुनम श्रेष्ठले स्वर्ण दिलाइन् । ४९ स्वर्ण जित्दै नेपाल दोस्रो स्थानमा यथावत छ । शीर्ष स्थानको भारतको १३८ स्वर्णपदक रहेको छ भने तेस्रो स्थानको श्रीलंकाको ३६ स्वर्ण रहेको छ । चौथो स्थानको पाकिस्तानको ३०, पाँचौं स्थानको बंगलादेशको १८, छैटौं स्थानको माल्दिभ्सको एक स्वर्ण छ । पुछारको भुटान स्वर्णविहीन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *