Friday, November 22, 2024
Home > मुख्य समाचार > अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इतिहासमा आर्थिक वर्ष २०७५/०७६ सबैभन्दा सफल वर्ष

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इतिहासमा आर्थिक वर्ष २०७५/०७६ सबैभन्दा सफल वर्ष

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५÷०७६ आयोगको इतिहासमा सबैभन्दा सफल वर्ष भएको बताएको छ ।

अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवशरमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले यस्तो बताउनुभएको हो । आयोगको २९ वर्षे इतिहासमा गतवर्ष सबैभन्दा बढी मुद्दा दर्ता भएको उहाँले बताउनुभयो । आर्थिक वर्ष २०७५÷०७६ मा ३५१ वटा मुद्दा दर्ता भएको र अदालतको फैसलासमेत अध्ययन गर्दा ८८ प्रतिशतभन्दा बढीमा सफलता मिलेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा मात्रै ११२ दिन कार्यालय खुलेकोमा १७० मुद्दा दर्ता भएको उहाँले बताउनुभयो ।

देश संघिय संरचना गएपछि अख्तियारको संरचनामा पनि परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउदै उहाँले अहिले १५ सयन्दा बढी विषयहरु अध्ययनको क्रममा रहेको बताउनुभएको छ । अबको अनुसन्धान कार्यालय प्रमुखमाथि पनि केन्द्रीत हुने उहाँले बताउनुभएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले भ्रष्टाचारमा नेपालको अवस्था चिन्ताजनक भएको बताउनुभएको छ । कुल १ सय पूर्णाङ्कमा ३१ अंक प्राप्त गरेको नेपाल विश्वमा धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा रहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *