Friday, November 22, 2024
Home > खेलकुद समाचार > सागमा अहिलेसम्म नेपाललाई ३९ वटा स्वर्ण पदक

सागमा अहिलेसम्म नेपाललाई ३९ वटा स्वर्ण पदक

१३ औं साग खेलकुद प्रतियोगितामा अहिलेसम्ममा नेपालले ३९ स्वर्ण जितेको छ ।

आज गल्फको पुरुष टिम इभेन्ट, व्यक्तिगत स्पर्धा र एथ्लेटिक्सको ५ हजार मिटर दौडमा स्वर्ण जितेसँगै स्वर्ण जितेको संख्या ३९ पुगेको हो । यसअघि हिजोसम्ममा नेपालले ३६ स्वर्ण जितेको थियो । आज गल्फको पुरुष टिम इभेन्टमा नेपालले स्वर्ण पदक जितेको हो । गोकर्ण गल्फ रिसोर्टमा आज भएको स्पर्धामा नेपालका शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुभाष तामाङ र निरज तामाङ सम्मिलित टिमले स्वर्ण जितेको हो । यस स्पर्धामा बंगलादेशले रजत र श्रीलंकाले कास्य पदक जितेका छन् । आजै नेपाली टोलीका सुभाष तामाङले व्यक्तिगत स्पर्धामा पनि स्वर्ण जितेका थिए । यस्तै एथ्लेटिक्सको ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज गोपीले निर्धारित दुरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । एथ्लेटिक्समा नेपालले जितेको यो दोस्रो स्वर्ण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *