Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > सिंघिया खोलामा सफाई अभियान सञ्चालन गरिने

सिंघिया खोलामा सफाई अभियान सञ्चालन गरिने

प्रदेस नम्बर एकका सामाजिक विकासमन्त्री जीवन घिमिरेले विराटनगरको सिंघिया खोलामा सफाई अभियान सञ्चालन गर्न लागिएको बताउनुुभएको छ ।

मन्त्रालयद्धारा विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले पहिलो चरणमा विराटनगरको घिनाघाटदेखी जहदा गाउँपालिकाको भाथिगछसम्मको १० किलोमिटरक्षेत्रमा सफाई अभियान संचालन गरिन लागेको वताउनुुभयो । मन्त्री घिमिरेले महानगरपालिका तथा आसपासक्षेत्रमा रहेका गाँउपालिकालाई स्वच्छ र हराभरा वनाउन अभियान सञ्चालन गर्न लागेको बताउनुुभयो । उहाँले पहिलो चरणमा सिघिंया खोला र दोस्रो चरणमा प्रदेश न १ का सहरहरुसँग जोडिएका सबै खोलामा सफाई अभियान संचालन गरिने उहाँले वताउनुुभयो । कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका मेयर भीम पराजुुलीले सिंघिया खोलामा सरसफाई अभियानसँगै तटिय क्षेत्रमा रहेको गाउँ वस्तीलाई समेत महानगरपालिकाले सुुरक्षित स्थानमा सार्ने तयारी भइरहेको वताउनुुभयो । उहाँले विभिन्न संघसंस्थाको सहयोगमा सुुकुूम्वासीहरुका लागी विराटनगरको १५ र १९ नम्वरमा घर बनाउने कामसमेत सुुरु भइसकेको बताउनुुभयो । सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका, कटहरी तथा बूढीगंगा तथा जहदा गाउँपालिकाको सहकार्यमा पर्सी शनिवारबाट घिनाघाटदेखी सिंघिया खोलाको सरसफाई अभियान सुुरु हुँुदैछ । त्यसका लागी प्रदेश सरकारका मन्त्रीको संयोजकत्वमा विभिन्न समितिहरु समेत गठन भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *