Friday, November 22, 2024
Home > खेलकुद समाचार > सर्वाधिक ३२ स्वर्ण जित्दै सागमा नेपालको नयाँ इतिहास

सर्वाधिक ३२ स्वर्ण जित्दै सागमा नेपालको नयाँ इतिहास

दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले अहिले सम्मकै सर्वाधिक स्वर्ण पदक जित्न सफल भएको छ ।

नेपालमै जारी १३औं सागमा स्वर्ण संख्या ३२ र्पुयाएको छ । आज नेपालले साइक्लिङको क्रसकन्ट्रीमा लक्ष्मी मगरले स्वर्ण जित्दै ३१ स्वर्ण पुर्याउँदै २० वर्षअघिको कीर्तिमान तोडेको थियो । आजै क्रश कन्ट्री साइक्लिङ पुरुषतर्फ नेपालका बुद्धिबहादुर तामाङले स्वर्ण जितेर स्वर्णको संख्या ३२ पुर्याउँदै सागको इतिहासमा नेपालले सर्वाधिक स्वर्ण जितेको नयाँ रेकर्ड बनाएको हो । यसै स्पर्धाको रजत र कास्य पदक पनि नेपालकै हात लागेको छ । रजत राजीव राईको भागमा परेको छ भने ओकेशराज बज्राचार्यले कास्य जितेका छन । यो उपाधिसँगै १३ औँ सागको पदक तालिकामा नेपाल ३२ स्वर्णका साथ दोस्रो स्थानमा छ । वुद्धिले स्वर्ण जितेसँगै नेपालले साग इतिहासको एकै संस्करणमा सर्वाधिक स्वर्णको कीर्तिमान बनाएको छ । यो संस्करणको पदक तालिकामा भारत ४० स्वर्णका साथ पहिलो स्थानमा उक्लिएको छ । नेपालले १८ रजत र २९ कास्य पदक जितेको छ । भारतले ३१ रजत र १५ कास्य जितेको छ । पदक तालिकाको तेस्रो स्थानमा १२ स्वर्णका साथ श्रीलंका छ । यस्तै १० स्वर्ण जित्दै पाकिस्तान चौथोस्थानमा रहँदा बंगलादेश ४ स्वर्ण जित्दै पाँचौ स्थानमा छ । १३आँै सागबाट माल्दिभ्सले सागको इतिहासमा स्वर्ण जित्दै इतिहास रचेको छ भने भुटान यो संस्करणको सागमा अहिलेसम्म स्वर्णविहिन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *