नेपाल, १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला भलिबलमा रजत पदकमा सीमित भएको छ ।
स्वर्णको लागि आज भएको फाइनलमा भारतसँग ३–२ को सेटमा पराजित हुँदै नेपाल ऐतिहासिक स्वर्णबाट बन्चित भएको हो । भारतलाई हराएको भए नेपालले भलिबलमा इतिहास रच्ने थियो । यद्यपी नेपालको लागि रजत पदक पनि ऐतिहासिक हो । नेपालले पहिलो पटक सागमा रजत जितेको हो । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको रोमान्चक खेलमा पहिलो सेट भारतले २५–१७ ले जितेको थियो । तर, दोस्रो र तेस्रो सेट नेपालले २५–२३ र २५–२१ ले जित्दै स्वर्णको आशा जिवित बनाएको थियो । चौंथो तथा अन्तिम सेट भारतले २५–२० ले जित्दै खेल २–२ सेटको बराबरीमा ल्याए । त्यसपछि खेलको अन्तिम सेट १५–६ ले गुमाउदै नेपाल ऐतिहासिक स्वर्णबाट बन्चित भयो । महिला भलिबलमा श्रीलंकाले कास्य जित्यो । यसैबीच, पुरुष भलिबलमा पनि भारतले स्वर्ण जितेको छ । फाइनलमा पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै पुरुष भलिबलमा भारतले स्वर्ण जितेको हो ।