Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > भारत र चीनले नेपालसँगको सम्बन्धलाई २ं जोड १ को रणनीति बनाउन खोजेको भन्दै दाहालको असन्तुष्टी

भारत र चीनले नेपालसँगको सम्बन्धलाई २ं जोड १ को रणनीति बनाउन खोजेको भन्दै दाहालको असन्तुष्टी

नेपाल कम्युनिष्ट पार्टी (नेकपाका) अध्यक्ष पुष्पकमल दाहालले भारत र चीनले नेपालसंगको सम्बन्धलाई २ं जोड १ को रणनीति बनाउन खोजेको भन्दै अशन्तुष्टी ब्यक्त गर्नु भएको छ ।

आज काठमाडौंमा नेपाल चाइना मिडिया फोरमले आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले चीन र भारतसँग नेपालको सम्बन्ध समानताको आधारमा त्रिदेशीय रणनीतिक साझेदारीको सम्बन्ध हुनुपर्ने बताउनु भयो । चिन र भारतले नेपालको सार्वभौमिकता र अखण्डतालाई सम्मान गर्दै समदूरी कायम राख्नु पर्ने बताउनुभयो । २ जोड ं१ को अर्थ दुई राष्ट्र सँग जोडिएको भन्ने अर्थ लाग्ने भएकोले आफुलाई चित्त नबुझेको बताउनु भयो ।  कार्यक्रममा अध्यक्ष दहालले नेपालको द्रुततर विकाशमा त्रिदेशीय रणनीति आवश्यक रहेको बताउनुभयो । नेपाल चीन र भारतको ट्रान्जिट मात्र नभई बिकाश साझेदार रहेको बताउनु भयो । अध्यक्ष दाहालले पछिल्लो समय त्रिदेशीय साझेदारीको सम्भावनाबारे चीन र भारतमा सकारात्मक छलफल हुन थालेको बताउनुभयो । यस्तै नेपाल भारत र चीनबीचको सम्बन्ध जनस्तरसम्म लान आवश्यक रहेको पनि बताउनुभयो । नेपालले त्रिदेशीय रणनैतिक साझेदारीको सम्बन्ध स्थापित गर्न जनमत निर्माण गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा अध्यक्ष दाहालले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनु भएको छ । प्रचण्डले चीनले पनि आफ्नो नेपाललाई हेर्ने नीतिमा कहिल्यै परिवर्तन बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *