Friday, November 22, 2024
Home > मुख्य समाचार > लिम्पियाधुरासँगै सुस्ताको समस्या पनि समाधान गर्न चाहेको सरकारका प्रवत्ताको भनाइ

लिम्पियाधुरासँगै सुस्ताको समस्या पनि समाधान गर्न चाहेको सरकारका प्रवत्ताको भनाइ

सूचना प्रविधि तथा संचार मन्त्रि गोकुल बास्कोटाले नेपालले भारतसँगको सीमा विवाद भएका लिम्पियाधुरासँगै सुस्ताको समस्या पनि समाधान गर्न चाहेको बताउनु भएको छ ।

आज मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा संचारमन्त्री बास्कोटाले नेपाल सरकारले भारत सरकारलाई बिबादित लिम्पियाधुराको विषयमा कुटनीतिक नोट पठाएको जानकारी दिनु भयो । साथै मन्त्री बास्कोटाले लिम्पियाधुरासँगै सुस्ताको सीमा समस्याको पनि कुटनीतिक र राजनीतिक रुपमा समाधान गर्न पहल गर्ने बताउनु भयो । नेपालले कालापानी तथा लिम्पियाधुरा सम्बन्धि नेपाल पक्षका ऐतिहासिक दस्तावेज कागजपत्र प्रमाण जुटाएर तथ्यगत आधारमा बार्ता गरिने पनि बताउनु भयो ।

पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सीमा समस्याबारे अध्ययन गर्न गठित समितिले तीन महिनाभित्र आफ्नो प्रतिवेदन दिने पनि बताउनु भयो । यसैबीच सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले २०७६ मंसिर ५ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णयहरु सार्वजनिक गर्नुभएको छ । निर्णय अनुसार नेपाल–भारत पारवहन सन्धि पुनरावलोकनसम्बन्धी सहसचिवस्तरीय बैठकका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा दश सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ । यस्तै मन्त्रिपरिषद् बैठकले भूमि सम्बन्धी एकीकृत विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति समेत दिएको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *