Friday, November 22, 2024
Home > मुख्य समाचार > शनिबार हुने उपनिर्वाचनका लागि आजदेखि मौन अवधी सुरु

शनिबार हुने उपनिर्वाचनका लागि आजदेखि मौन अवधी सुरु

यही शनिबार हुने उपनिर्वाचनका लागि आजदेखि मौन अवधी सुरु भएको छ ।

उम्मेदवारहरुले यो अवधीमा कुनै पनि चुनावी गतिविधी गर्न पाउने छैनन् । उपनिर्वाचन हुने ३७ जिल्लामा गएराति १२ बजेदेखि मौन अवधि सुरु भएको हो । कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा, प्रदेशसभातर्फ भक्तपुर, दाङ र बाग्लुङ तथा स्थानीय तहका प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित ५२ स्थानका लागि शनिवार मतदान हुँदैछ । मौन अवधि सुरु भइसकेकाले सञ्चारमाध्ययम, समाजिक सञ्चार तथा कुनै पनि विद्युतिय माध्ययमको प्रयोग गरेर मत माग्न तथा प्रचारप्रसार गर्न पाइने छैन । मौन अवधिमा निर्वाचन आचारसंहिता पूर्ण पालना गरी निर्धक्करुपमा मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्ने अवस्था निर्माण गरिदिन सबैलाई आग्रह गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो । मौन अवधिमा विभिन्न आश्वासन, प्रलोभन, डर, धाक, दवाव वा प्रभावमा पारी मतदातालाई आतंकित पार्ने, जस्ता कार्य नगर्न नगराउनसमेत अयोगले आरोगले आग्रह गरेको छ । उपनिर्वाचनको सम्पुर्ण तयारी पूरा भएको जनाएको आयोगले जिल्लाको सुरक्षा अबस्था थप मजबुत बनाएको दावी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *