Monday, November 25, 2024
Home > राष्ट्रिय समाचार > भारतको अयोध्यावाट आएका जन्तिलाई जनकपुरधाममा भव्य रुपमा स्वागत

भारतको अयोध्यावाट आएका जन्तिलाई जनकपुरधाममा भव्य रुपमा स्वागत

जनकपुरधाममा श्री सीताराम विवाहपञ्चमी महामहोत्सवमा सहभागी हुनका लागि भारतको अयोध्यावाट आएका जन्तिलाई जनकपुरधाममा भव्य रुपमा स्वागत गरिएको छ ।

जनकपुरधाममा प्रवेश गरेपछि धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलसहितको सुरक्षा निकायहरु तथा जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधी साधुसन्त लगायतले भव्य रुपमा स्वागत गरेका हुन । भारतको अयोध्याबाट दुई वटा रथमा झाकीसहित आएको जन्तिलाई मार्गमा पर्ने गाउँ, नगरमा पुष्प बृष्टि गरेर भव्य रुपमा स्वागत गरिएको छ । बिश्व हिन्दु परिषदका मन्त्री राजेन्द्र सिंह पंकजको अगुवाई तथा रामजन्मभूमि अयोध्याका महन्थ कमलनयन दासजी महाराजको अगुवाईमा पाँचसय बिशिष्ट साधुसन्त महन्थहरु भगवान राम तथा माता सीताको जयजयकार गर्दै जनकपुरधाम आईपुगेका छन । जनकपुरधाममा हुने धनुष यज्ञमा पनि जन्तीहरु सहभागी हुने कार्यक्रम रहेको छ । अयोध्यावाट आएका जन्तिहरु पाँच दिनसम्म रहने छन । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको अयोध्याबाट आएका जन्तीलाई स्वागत गर्नेहुनु भएको छ । राष्ट्रपति भण्डारी भोलि विहान ११ बजे जनकपुर आउने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *