सरकारले हिमाल आरोहणमा लिइने धरौटी रकममा भारी छुट गर्ने तयारी गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले हिमाल आरोहणमा लिने धरौटी रकममा छुट दिन लागिएको बताउनु भएको हो । उहाँले पर्यटकहरुको प्रवेश शुल्क घटाउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । यी दुवै प्रस्ताव १० दिन भित्र मन्त्रीपरिषद बैठकबाट पारित गराउने मन्त्री भट्टराईको प्रतिवद्धता छ । ‘नेपाल भ्रमण वर्ष–२०२०’ को तयारीका विषयमा छलफल गर्न आज काठमाडौंमा बसेको बैठकमा बोल्दै मन्त्री भट्टराईले पर्यटकहरुको सहजताका लागि सरकारले संरक्षित क्षेत्रहरुको भ्रमणको पनि उचित व्यवस्था गर्ने बताउनु भयो । केही हिमाल आरोहणका लागि खुला गर्ने तयारी पनि भईरहेको उहाँले बताउनु भयो ।
मन्त्री भट्टराईले मुलुकमा पर्यटकहरु सहज ढंगले भित्र्याउन आवश्यक पर्ने सबै खालको नीतिगत तथा कानुनी जटिलता हटाउन सरकार लागि परेको पनि बताउनु भयो ।