Saturday, November 23, 2024
Home > राष्ट्रिय समाचार > उपेन्द्र यादवले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हाले

उपेन्द्र यादवले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हाले

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।

आज सिंहदबारमा पुगेर उहाँले सो मन्त्रालयको पदभार ग्रहण गर्नुभएको हो । त्यस अवसरमा उहाँले आफूलाई प्रधानमन्त्रीले अघि बढी नै माया गरेर सो मन्त्रालयमा पठाएको प्रतिक्रिया दिनुभयो । प्रधानमन्त्री केपी ओलीले मन्त्रीपरिषद पुनर्गठन गर्दा उहाँलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो । सोही जिम्मेवारी ग्रहण गर्दै उहाँले त्यसलाई आफूले सामान्य रुपमा लिएको बताउनुभयो । प्रधानमन्त्रीले तपाईसँग परामर्शसमेत नगरी मन्त्रालयको जिम्मेवारी परिवर्तन गर्नु भो नि ? भन्ने संचारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा उपप्रधानमन्त्रीसमेत रहनु भएका यादवले प्रधानमन्त्रीले सो विषयमा परामर्श गरिराख्नु नपर्ने पनि स्मरण गराउनु भयो । प्रधानमन्त्रीले आफूलाई अझ बढि अनुभवी होस्, धेरै मन्त्रालको अनुभव होस् भनेर अलि बढि नै माया गरेर सो मन्त्रालयको जिम्मेवारी दिएको हुन सक्ने पनि मन्त्री यादवको भनाइ छ ।

यसैबीच, मन्त्री यादवले अझै राम्रोसँग कार्यसम्पादन गर्न मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिनुभयो । उहाँले कुनै पनि समस्या आफूसँग निशंकोच राख्न पनि मातहतका सबै कर्मचारीलाई सचेत गराउनुभयो । मन्त्रालयमा काम गर्ने क्रममा देखिएका कुनै पनि समस्या समाधानका लागि सचिवमार्फत आफू कहाँ आउँदा उपयुक्त हुने उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *