निर्वाचन बहिस्कार गर्न आव्हान गर्दै र्याली निकाल्ने नौ जनालाई धरान प्रहरीले पक्राउ गरेको छ ।
मंसिर १४ गते हुने उपनिर्वाचनमा धरानको नगर प्रमुख र ७ नं. वडाको वडाध्यक्ष पदको निर्वाचन हुँदैछ । निर्वाचन बहिष्कार गर्न भन्दै आइतबार साँझ धरानको छाता चोकमा रहेको पूरानो अस्पताल क्षेत्रमा भेला भई उपनिर्वाचन बहिष्कारको लागि कार्यक्रम गर्ने तयारी गर्दा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डिराज न्यौपानेले बताएउनुभयो । सर्वसाधारणलाई आतंकित पार्न सक्रिय रहेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको डिएसपी न्यौपानेले बताउनुभयो । पक्राउ पर्नेमा उदयपुरका टिकाराम राई, धरानका पारस सुब्बा, मोहन लिम्बू, पदम तामाङ, गौरव राई लगायत रहेको डिएसपी न्यौपानले बताउनुभयो । प्रहरीका अनुसार उनीहरुको साथबाट एउटा साउन्डबक्स, एउटा वायरलेस माईक, सिपी गजुरेल अध्यक्ष रहेको देशभक्त जनगणतान्त्रिक मोर्चाको १५ थान पर्चा पनि बरामद भएको छ ।