Thursday, November 21, 2024
Home > आर्थिक समाचार > कृषि क्षेत्रको नीति र गतिविधिलाई बदलिँदो परिवेश अनुसार अघि बढाउने प्रतिवद्धता व्यक्त

कृषि क्षेत्रको नीति र गतिविधिलाई बदलिँदो परिवेश अनुसार अघि बढाउने प्रतिवद्धता व्यक्त

नवनियुक्त कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको नीति र गतिविधिलाई बदलिँदो परिवेश अनुसार अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

मन्त्री भुसालले नेपालको कृषि क्षेत्रलाई आजको आवश्यक्ता सम्बोधन हुने गरी अघि बढाउन सरकारले निजी क्षेत्रसँगको सहकार्यमा अझै जोड दिन चाहेको पनि स्पष्ट पार्नु भयो । आज संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उहाँले बीउबीजनसम्बन्धि हाम्रा नीति र गतिविधिहरुलाई संघीय ढाँचा अनुरुप बनाउन आवश्यक सबै खालको कानुन संशोधन गर्ने पनि बताउनु भयो ।

मन्त्री भुसालले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न निजी क्षेत्रको अझ बढि सहयोगको अपेक्षा गरिएको पनि बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *