Thursday, November 21, 2024
Home > खेलकुद समाचार > १३ औं सागको ओलम्पिक टर्च र्याली काठमाडौँबाट सुरु

१३ औं सागको ओलम्पिक टर्च र्याली काठमाडौँबाट सुरु

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च र्याली काठमाडौँबाट सुरु भएको छ ।

स्वयम्भू मन्दीर परिसरमा वरिष्ठ ओलम्पियन पूर्वधावक जितबहादुर केसीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले टर्च हस्तान्तरण गर्नुभएको थियो । नेपाली ओलम्पियनहरुले ओलम्पिक टर्च देशका प्रमुख शहर र सात प्रदेशमा पुर्याउने कार्यक्रम रहेका छ । पहिलो दिन र्याली प्रदेश १ को विराटनगर, दोस्रो दिन प्रदेश–२ को जनकपुर, तेस्रो दिन प्रदेश–३ को हेटौंडा र चितवन, चौथो दिन प्रदेश ५ को लुम्बिनी र बुटवल, पाँचौं दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ५ को नेपालगन्ज, छैटौं दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौं गण्डकी प्रदेशको पोखरा लगिनेछ । आठौं दिन टर्चलाई पोखरामा नगर परिक्रमा गराइनेछ । नवौं दिन काठमाडौंको विभिन्न स्थान परिक्रमा गराइ साग उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दीप प्रज्ज्वलन गरि र्याली सम्पन्न हुनेछ । र्यालीमा ओलम्पियनहरु तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका वैकुण्ठ मान्धर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा लगायतको सहभागिता रहनेछ । सात राष्ट्रको सहभागितमा ३ हजार भन्दा बढी खेलाडीले भाग लिने सागमा २६ खेल समावेश छन् । सागको मंसिर १५ मा उद्घाटन र २४ गते समापन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *