Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा काठमाडौंबाट सुरु

राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा काठमाडौंबाट सुरु

राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा काठमाडौंबाट सुरु भएको छ ।

काठमाडौँमा पसुपति क्षेत्रबाट पर्यटनमन्त्री योगेश भट्टराईले साइकल यात्राको शुभारम्भ गर्नुभयो । समृद्ध सिन्धुली अभियानले हरेक वर्ष आयोजना गर्दै आएको साइकल यात्रामा यस वर्ष साइकल यात्रीहरुको उल्लेख्य सहभागिता रहेको । आजबाट सुरु भएको साइकल यात्रा जनकपुरको जानकी मन्दीरमा पुगेर समापन हुनेछ । यात्रामा १६७ जना साइकलयात्री सहभागी भएका छन् जसमा १८ जना महिला साइकल यात्री सहभागी रहेका छन् । यो साइकल यात्राका महिला सहभागीहरुलाई संयुक्त राष्ट्र संघ र व्रिटिस काउन्सिलले सहयोग गरेको छ । समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबद्र्धन गर्न चार वर्षदेखि राइड टु सिन्धुलीगढी आयोजना गर्दै आएको छ । साइकल यात्रीले २५० किलोमिटरको यात्रा ४ दिनमा सम्पन्न गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *