प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपनिर्वाचनमा आफ्नो पार्टीलाई मतदान गर्न सबै मतदातालाई आह्वान गरेको छ ।
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज पत्रकार सम्मेलन गरी सरकारका जनविरोधी गतिविधिलाई सच्याउन पनि आम मतदातालाई आगामी मंसीर १४ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीमा मत दानगर्न आह्वान गर्नु भएको हो । भारतसँग सीमा समस्या समाधान गर्न पनि सरकारले ठोस कदम चाल्न नसकेको काँग्रेसको आरोप छ ।