Friday, November 22, 2024
Home > मुख्य समाचार > ‘रोडशेष चौक–रानी सडक’ निर्माणमा अनियमितता

‘रोडशेष चौक–रानी सडक’ निर्माणमा अनियमितता

विराटनगरस्थित निमार्णधिन ‘रोडशेष चौक–रानी सडक’ मा निमार्ण कम्पनीले धुलोमा ‘प्राइमर कोट’ लगाउने गरेको पाइएको छ । सघन सहरी विकास परियोजना अन्तर्गत निमार्ण भएको उक्त सडकमा निमार्ण कम्पनी रमण कन्स्ट्रक्सनले धुलो सफा नगरि प्राइमर कोट लगाउने गरेको अनुगमनको क्रममा पाइएको हो ।

सडक कालोपत्रे (पिच) गर्नुभन्दा अगाडि प्राइमर कोट गरिन्छ । सडकको बेस बसाइ सकिएपछि धुलो उठाएर सफा गरेर प्राइमर कोट लगाउने प्रचलन छ । यसो गर्दा सडक गुणस्तर र टिकाउन हुने गरेको प्राविधिक बताउँछन् । तर, विराटनगरस्थित रोडशेष चौक– रानीसम्मको करिब ५ किलोमिटर सडक पिच गर्ने ठेक्का लिएको रमण कन्स्ट्रक्सन कम्पनीले लापरबाही पूर्ण तरिकाले सडक बनाउने गरेकोे भेटिएको छ । नेपाल कम्युनिष्ट पार्टी विराटनगरका अध्यक्ष सागर थापासहित प्राविधिकहरूको टोलीले मंगलबार गरेको अनुगमनको क्रममा ‘रोडेशषचौक– रानी’ सडक खण्ड अन्र्गत १ हजार ३ सय मिटरमा गुणस्तरहिन काम भइरहेको भेटिएको हो ।

अनुगमन टोलीले कमसल काम भएकोले तत्काल सुधार गरि पुन गुणस्तरीय काम गर्न ठेक्दार कम्पनीलाई निर्देशन दिएको छ । निर्माण कम्पनीलाई प्राविधिक र सुपर भाइजरसँगै राखेर सडकको काम गुणस्तरीय हुनुपर्ने र लापारबाही गरिए स्थानीयले खबरदारी गर्नुपर्ने अनुगमन टोलीको ठहर छ । साढे पाँच किलोमिटर सडक पिच गर्न रमण कन्स्ट्रक्सनले १७ करोड ९२ लाखमा ठेक्का लिएको हो । २०७४ जेठ २८ गतेदेखि निमार्ण सुरु गरेको कम्पनीले भर्खर १३ सय मिटर पिचको तयारी सुरु गरेको हो । पिचको तयारी सुरु गर्दा गुणस्तरीहिन भेटिएको विराटनगर १२ कोशीप्रोजेक्टका स्थानीय भिमबहादुर केसीले बताए । रमण कन्स्ट्रक्सनका प्रोजेक्ट मेनेजर प्रमोद साहले १ सय मिटरमा प्राइम कोट परीक्षणको रुपमा गरिएको बताउनु भयो । प्राइम कोट गरिएको ठाउँमा धुलो देखिएपछि सुधार गरि गुणस्तरीय काम गरि अगाडी बढाउने उहाँको भनाइ छ ।

सडकको अनुगमन गर्दै विराटनगर महानगरपालिका प्रमुख भिम पराजुलीले महानगरपालिकाको कार्य क्षेत्र भित्र नपरेकोले पटक–पटक सहरी विकास परियोजनालाई भन्दा पनि सुनवाइ नगरेको बताउनु भयो । गुणस्तरहिन काम भइरहेको विषयमा प्रदेशका मुख्यमन्त्री शेधरन राईलाई पनि जानकारी गराएको उहाँको भनाइ छ । यसअघि पनि गुणस्तरहिन काम गरेको पाइएपछि रमण कन्स्ट्रक्सनका पाँच जना कर्मचारीलाई पक्राउ गरि महानगरपालिकाले कारवाही गरेको थियो । विराटनगरमा अहिले पनि निर्माणको काम धमाधम भइरहेको छ । तर, सर्वसाधरणको ध्यान नपुगेको स्थानमा गुणस्तरहिन काम हुने गरेको छ भने कतिपय ठाउँमा सर्वसाधरणले निर्माण गरिसकेको सडक गुणस्तरहिन भएको भन्दै भत्काइदिने पनि गरेका छन् । सरकारका अनुगमन संयन्त्रले सडक निर्माणको क्रममा भएगरेका अनियमितता र मनपरीलाई रोक्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *