Friday, November 22, 2024
Home > मुख्य समाचार > रानी–विराटनगर–इटहरी–धरान सडक सुधार आयोजनाका कागजपत्र उपलब्ध गराइदिन इटहरीको माग

रानी–विराटनगर–इटहरी–धरान सडक सुधार आयोजनाका कागजपत्र उपलब्ध गराइदिन इटहरीको माग

इटहरी उपमहानगरपालिकाले रानी–विराटनगर–इटहरी–धरान सडक सुधार आयोजनासँग आवश्यक सबै कागजपत्र उपलब्ध गराइदिन माग गरेको छ ।

इटहरीकी उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा इटहरीदेखि तरहरासम्मको सडकको विभिन्न ठाउँमा नाप्ने काम सकिएको छ । सडक निर्माणमा समन्वय, सहकार्य र सहयोग गर्ने प्रयोजनका लागि इटहरी–तरहरा सडकखण्डको डिपीआर, खरिद सम्झौतालगायतका कागजपत्र उपलब्ध गराउन माग गरेको जनाइएको छ । इटहरी–तरहरा सडकखण्डमा फरक–फरक मापदण्ड कायम गरी निर्माण भइरहेको भन्ने विषयमा अन्यौल कायम भएको भन्दै विभिन्न संघसंस्थाले उपमहानगरको ध्यानाकर्षण गराइरहेकाले कागजपत्र माग गरिएको पत्रमा उल्लेख गरिएको छ । उपमेयर गौतमको नेतृत्वमा नागरिक समाज, संघर्षसमिति, उपमहानगर र आयोजनाका इन्जिनियरले इटहरीदेखि तरहरासम्मको विभिन्न ठाउँमा नाप्ने कार्य भएको छ । नापजाँच गर्दा इटहरीदेखि तरहरासम्म सडकको कालोपत्रे गर्ने भाग एकै नास पाइएको तर तरहरा–आँपगाछी क्षेत्रमा फुटपाथ क्लियर गरिएको इटहरी चौकमा नगरेको पाइएको उपमेयर गौतमले बताउनुभयो ।

इटहरी चौक क्षेत्र सबैभन्दा बढी मान्छे हिंड्ने ठाउँ भएकाले फुटपाथ पनि क्लियर गरेर जानुपर्ने आफ्नो मान्यता रहेको उहाँको भनाइ छ । आर्थिक वर्ष २०६८÷०६९ बाट सुरु भएको रानी–धरान ६ लेन सडकको जम्मा लम्बाइ ४९ किलोमिटर रहेको छ । भारतको जोगबनी र चीनको किमाथांका क्षेत्र जोड्ने यो सडकले त्रिदेशीय महत्व बोकेको छ । रानीदेखि धरानसम्म ६ लेन सडक बनाउन १० अर्ब बजेट छुट्याएकोमा अहिले ७ अर्बको मात्र ठेक्का लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *