Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > बिहिबारदेखि काठमाण्डौमा उर्जा सम्मेलन हुने

बिहिबारदेखि काठमाण्डौमा उर्जा सम्मेलन हुने

यही बिहिबारदेखि काठमाण्डौमा उर्जा सम्मेलन हुने भएको छ ।

आयोजक स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)ले आज पत्रकार सम्मेलन गरी सम्मेलन बारे जानकारी गराएको हो । सम्मेलनमा ७० भन्दा बढी विशेषज्ञहरुको उर्जा सम्बन्धी प्रस्तुति रहनेछ । सम्मेलनमा नेपालको साथै भारत, बंगलादेश, भुटान, चीन, जापान, नेदरल्याण्ड, अमेरिका, क्यानडा, नर्वे जस्ता मुलुकका विशेषज्ञहरुको सहभागिता रहने आयोजकले जनाएको छ । क्षेत्रीय विद्युत् व्यापार, विद्युत् बजार, नियमन, वित्तिय व्यवस्थापन, ऊर्जाको दिगो विकास, संघियतामा ऊर्जा परियोजनाहरु संचालन र सहजीकरण, ऊर्जामा लगानी तथा आयोजना प्रदर्शनी जस्ता विषयमाथि सम्मेलनमा छलफल हुने आयोजक इपानका अध्यक्ष शैलेन्द्र गुरागाईँले जानकारी दिनुभयो ।

क्षेत्रीय विद्युत् व्यापारका लागि विचार आदान प्रदानको साथै त्यससम्बन्धी औपचारिक र अनौपचारिक वार्ताहरु अघि बढाउन सम्मेलन बहुउपयोगी हुने विश्वास लिईएको छ । सम्मेलनमा नेपालको साथै भारत, बंगलादेश, भुटान, चीन, जापान, नेदरल्याण्ड, अमेरिका, क्यानडा, नर्वे जस्ता मुलुकका ७ सय बढी सहभागी हुने बताईएको छ । पावरिङ द एसियन सेन्चुरीको नारा दिईएको ऊर्जा सम्मेलन दुईदिनसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *