Friday, November 22, 2024
Home > मुख्य समाचार > विकास आयोजनाहरुको जग्गाको मुआब्जा धेरै नखोज्न प्रधानमन्त्रीको आग्रह

विकास आयोजनाहरुको जग्गाको मुआब्जा धेरै नखोज्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास आयोजनाहरुको जग्गाको मुआब्जा धेरै नखोज्न आग्रह गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले विकास आयोजनाहरुको जग्गाको मुआब्जा अनुचित ढंगले लिने तर आफूले जग्गा किन्दा कमभन्दा कम राजस्व तिर्ने प्रवृत्ति त्याग्नुपर्ने बताउनु भएको हो । आज प्रधानमन्त्री कार्यालयस्थित ‘एक्सन रुम’ बाट ६० मेघावाटको माथिल्लो त्रिशुली थ्रि जलविद्युत आयोजनाको उद्घाटन गर्दै उहाँले विकास आयोजनाहरुको जग्गाको मुआब्जा लिँदा अनुचित लाभ लिनुपर्छ भन्ने खालका प्रवृत्तिहरुका कारण धेरै विकास आयोजनाहरुको कामहरु अघि बढन नसकेको दृष्टान्त पनि पेश गर्नुभयो । उहाँले अन्य जल विद्युत आयोजनाहरु पनि यस्तै प्रवृत्तिका कारण अघि बढन नसकेको उल्लेख गर्दै विकास, निर्माणको कामलाई सहज ढंगले अघि बढाउने वातावरण बनाई दिन पनि सम्बन्धित सबैलाई आह्वान गर्नुभयो । विकासका कामहरुमा सबैको साझा प्रयास हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । उहाँले राज्यले देश र जनताको समृद्धिको निम्ति काम गर्ने हुनाले त्यसमा अनुचित माग र दवावको आवश्यक्ता नहुने पनि स्मरण गराउनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय आकांक्षालाई छिटो पूरा गर्न चाहेको पनि दोहोर्याउनु भयो । यो आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट विजुली उत्पादन गर्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *