सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कर्मचारीहरुसँग घुस खाएर सरुवा, बढुवा गर्ने काममा मन्त्रीहरु आफैं संलग्न रहेको आरोप लगाउनुभएको छ ।
नेता, मन्त्रीहरु आफैंले घुस खाएर कर्मचारीहरुको नियुक्ति, सरुवा र बढुवा गर्ने गरेकाले मुलुकको सबै क्षेत्र बिग्रेको पूर्वप्रधानमन्त्री समेत रहनु भएका वरिष्ठ नेता नेपालले दावी छ । वरिष्ठ नेता नेपालले स्थानीय तहमा करोडौंको बजेटमा लुट मच्याउने काम भईरहेको उल्लेख गर्दै कडा कार्वाही गर्न पनि सरकारसँग माग गर्नुभयो । स्थानीय तहमा कर्मचारीसँग मिलेर स्थानीय तहले लुट मच्चाईरहेकाले सरकारले उनीहरुमाथि कडा कारबाही गर्नुपर्ने वरिष्ठ नेता नेपालको भनाई छ । उहाँले मुलुकमा लुट मच्चाउनेहरुको सात पुस्ते सम्पत्ति जफत नगरेसम्म मुलुकमा सुशासन हुन नसक्नेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।
वरिष्ठ नेता नेपालले स्थानीय तहले कृषि, पशुपालन र कृषकलाई अनुदान सहायता दिएर उत्पादन वृद्धिको काममा अधिक बजेट विनियोजन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।