Friday, November 22, 2024
Home > मुख्य समाचार > सीमाबाट सेना हटाउन भारतलाई प्रधानमन्त्री ओलीको आग्रह

सीमाबाट सेना हटाउन भारतलाई प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमाबाट सेना हटाउन भारतलाई आग्रह गर्नुभएको छ । उहाँले सरकारले एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई आज काठमाण्डौमा सम्बोधन गर्दै उहाँले सरकार आफनो भूमि फिर्ता गर्न सक्षम रहेको भन्दै एक इन्च भूमि पनि मिच्न नदिने प्रतिबद्धता जनाउनुभएको हो । अघिल्लो शताब्दीदेखि नै नेपालको सीमा मिच्ने काम भएको उल्लेख गर्दै उहाँले सीमा मिचिएको कुरालाई अहिले नै हो कि भनेर कतिपयले आफूलाई हिरो देखाउन उचाल्ने काम गरेको भए पनि वर्तमान सरकार सिमा समस्या समाधान गर्न सक्षम रहेको स्पष्ट पार्नुभयो । उहाँले नेपाली भूमिमा रहेका आफ्ना सेना फिर्ता लैजान पनि भारतलाई आग्रह गर्नुभयो ।

नेपालीहरु शान्तिको पक्षमा रहेको र छिमेकीसँग कुनै पनि तनाव नहोस् भन्ने पक्षमा रहेको उल्लेख गर्दै उहाँले सरकारले संवादमार्फत सिमासम्बन्धी समस्या समाधान गर्ने बताउनुभयो । कतिपयले नक्सा सच्याउने कुरा उठाएको भन्दै उहाँले नक्सा नभई भूमि फिर्ता लिने विषय महत्वपूर्ण भएको भन्दै सरकार आफ्नो भूमि फिर्ता गर्न सक्षम रहेको पनि उल्लेख गर्नुभयो । नेपालको सिमा सुरक्षाप्रति सबै राजनीतिक दल, नागरिक समाज तथा जनताले चासो देखाएर ऐक्यवद्धता जनाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *