Friday, November 22, 2024
Home > खेलकुद समाचार > खेलाडी बर्खास्ती सम्बन्धमा एन्फाले थप अनुसन्धान गर्ने

खेलाडी बर्खास्ती सम्बन्धमा एन्फाले थप अनुसन्धान गर्ने

अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टिमबाट निकालिएका चार खेलाडीमाथि थप अनुसन्धान गर्ने भएको छ ।

विश्वकप छनोट खेल्न भुटान जाने अघिल्लो रात खेलाडी नाईट क्लबमा भेटिएको बिषयमा एन्फाले थप अनुसन्धान अघि बढाउने भएको हो । खेलाडीको गतिविधि शंकास्पद देखिएको भन्दै एन्फाले खेलाडीमाथि अनुसन्धान प्रक्रियालाई अगाडी बढाउने निष्कर्शमा पुगेको हो । विश्वकप छनोट खेल्ने राष्ट्रिय टिममा रहेका चार खेलाडी शुक्रबार राति ठमेल र दरबारमार्गको नाईट क्लबमा भेटिएका थिए । खेलाडीले अनुशासन उल्लंघन गरेको आरोपमा एन्फाले तत्काल भुटान जाने टिमबाट चार खेलाडी निलम्बन गरेको थियो । साथै खेलाडीको गतिविधि शंकास्पद देखिएको भन्दै थप अनुसन्धान अघि बढाउने निष्कर्शमा एन्फा पुगेको हो । राष्ट्रिय टिमका मुख्य फरवार्ड विमल घर्तिमगर सहित, अन्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङ शुक्रबार नाईट क्लबमा भेटिएका थिए । कुवेतविरुद्व खेल्न जानु अघि रातको समयमा खेलाडी बाहिर भेटिनुलाई एन्फाले गम्भिर रुपमा लिएको छ । सोही कारण उनीहरुलाई भुटान नलैजाने निर्णयमा मुख्य प्रशिक्षक योहान कालिन सहित एन्फा पदाधिकारी पुगेका थिए । नेपालले पर्सी मंगलबार भुटानको थिम्पुमा कुवेतसंग आफ्नो पहिलो होम म्याच खेल्दैछ । कुवेतमा भएको पहिलो लेगको खेलमा नेपाल ७–० ले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *