नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार न्यायालय र संवैधानिक आयोगको अधिकार कुण्ठित गर्न लागिपरेको आरोप लगाउनुभएको छ ।
पाँचथरको फाल्गुनन्द गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सरकारका हरेक गतिविधि निरंकुश बन्दै गएको बताउनुभयो । सरकारले दुइतिहाइको दम्भमा न्यायालयको अधिकार कुण्ठित बताउँदै संबैधानिक आयोगमा एकलौटी गरिरहेको उल्लेख गर्नुभयो । सरकारकै कारण लोकतन्त्र खतरा पर्न थालेको उहाँको भनाइ थियो । देशकै कलाकार र संगितकारले गाएका गीत प्रतिबन्ध लगाउने तर देशको सिमा मिचिएको सन्दर्भमा चुँ पनि नबोल्ने सरकारका पछिल्ला कदम आदीवासी, जनजाती र मुस्लिम समुदायका हित विपरित रहेको पौडेलको टिप्पणी थियो । लोकतन्त्रको रक्षाका लागि एकताबद्ध भएर लाग्न नेता कार्यकर्तालाई उहाँले निर्देशनसमेत दिनुभयो ।