Saturday, November 23, 2024
Home > राष्ट्रिय समाचार > हरेक नागरिकको जीवनलाई सुःखमय बनाउन चाहेको गोकर्ण विष्टको भनाइ

हरेक नागरिकको जीवनलाई सुःखमय बनाउन चाहेको गोकर्ण विष्टको भनाइ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले सामाजिक सुरक्षा योजना अन्तरगत हरेक नागरिकको जीवनलाई सुःखमय बनाउन चाहेको बताउनु भएको छ ।

मन्त्री विष्टले अप्ठयारो परेका बेला साथ दिने उल्लेख गर्दै सामाजिक सुरक्षा योजनामा सहभागी हुन ढिलाई नगर्न पनि सबैलाई आग्रह गर्नु भयो । आज काठमाडौंमा आयोजित ‘सामाजिक सुरक्षा योजना कार्यान्वयन’ विषयक अभिमुखिकरण कार्यक्रममा बोल्दै उहाँले हरेक नागरिकको सुःखद भविष्यको चाहनालाई पूरा गर्ने गरी आएकाले सो योजनामा सबैको सहभागिता अनिवार्य रहेको पनि स्पष्ट पार्नु भयो । त्यस अवसरमा उहाँले सरकारले कार्यान्वयनमा ल्याएको सामाजिक सुरक्षा योजनाले सबै जनताको जीवनमा सुःखको अनुभूति गराउने पनि बताउनु भयो । चाहे बुढेसकाल होस् वा दुःख परेका बेला सामाजिक सुरक्षा योजनामा समावेश भएका नागरिकलाई सरकारले पेन्सनमार्फत् सहायता दिने पनि स्मरण गराउनु भयो ।

मन्त्री विष्टले नागरिकको सुरक्षित भविष्यका लागि पनि सरकारले सबै नागरिकलाई पेन्सनको व्यवस्था हुने गरी सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएको पनि उल्लेख गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *