Thursday, November 21, 2024
Home > राष्ट्रिय समाचार > कर्मचारीहरुको बढुवाका लागि लिखित परीक्षा दिने प्रावधान हटाउनुपर्ने प्रस्ताव

कर्मचारीहरुको बढुवाका लागि लिखित परीक्षा दिने प्रावधान हटाउनुपर्ने प्रस्ताव

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले कर्मचारीहरुको बढुवाका लागि लिखित परीक्षा दिने प्रावधान हटाउनुपर्ने प्रस्ताव अघि सार्नु भएको छ ।

नेकपाकी प्रतिनिधिसभाकी सांसद भुसालले काम गर्ने कर्मचारीलाई न्याय दिन पनि विनालिखित परीक्षा कर्मचारीहरुको बढुवा हुने कानुनी व्यवस्था गर्नुपर्ने तर्क गर्नु भएको हो । बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले कर्मचारीहरुलाई कामप्रति जवाफदेही बनाउन पनि कार्य क्षमताकै मूल्यांकनलाई आधार बनाएर बढुवा गर्ने व्यवस्था गर्न उपयुक्त हुने तर्क पनि गर्नु भयो । ‘काम गर्दिन, हाकिमलाई टेर्दिन, सोर्स लगाउँछु भन्नेहरु’ लिखित परीक्षामा फष्ट हुने भएकाले उनीहरुको कार्य सम्पादन राम्रो हुने नगरेको पनि सांसद भुसालको भनाई छ ।

सांसद भुसालले काममा खटिने र शतप्रतिशत काम पूरा गर्ने कर्मचारीलाई मात्रै प्रमोशन गर्ने व्यवस्था गर्दा कामप्रतिको सरकारी कर्मचारीको जवाफदेहीता स्वतहः बढेर जाने पनि स्मरण गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *