धनुषाका प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का सांसद तथा राजपा नेता राजेन्द्र महतोको संसदीय विकास योजनामा अनियमितता भएको पाइएको छ ।
कार्यकर्ताहरुलाई जाथाभावी रुपमा योजनाहरु वितरण गरिएका कारण विभिन्न योजनाहरुमा अनियमितता भएको भेटिएको छ । विशेष गरेर खानेपानी योजनामा अनियमितता भएको छ । कार्यकर्ताहरुले योजना लिएर जथाभावि रुपमा खर्च गर्ने र सत्ताको प्रभावमा बीच सडकमा नै चापाकलहरु गाडेर बाटोलाई नै अस्तव्यस्त बनाउने गरेका छन । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ मा अहिले बीच सडकमा नै चापाकल गाडेर योजनाको दुरुयोग गरिएको छ । पार्टीका कार्यकर्ता रामचन्द्र पंजियारलाई योजना दिएर यसको दुरुपयोग गरिएको स्थानीयले बताएका छन । उनले आफनो घरको अगाडि बिच सडकमा नै खानेपानीको चापाकल गाडेका छन । तर सो चापाकलबाट भने पानी नै निस्किएको छैन । कनैपनि योजना संचालन गर्नु पुर्व सो वडा र नगरपालिकासंग समन्वयको गर्नुपर्ने भएपनि वडा नम्बर २ मा बीच सडकमा नै कल गाडदा समेत कुनैपनि प्रकारले वडासंग समन्वय नगरिएको वडाध्यक्ष शिवकुमार साहले बताउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकाका सांसदीय योजना अन्र्तगत गाडिएका अधिकांश खानेपानी योजनामा कुनैपनि चापाकलबाट पानी नआएको स्थानीयले बताएका छन ।