समयमै सडक निर्माण कार्य सम्पन्न नगरेको भन्दै इनरुवाका स्थानीय आन्दोलित भएका छन् ।
धुलो र धुँवाले जनजीवन ग्रस्त हुनुका साथै जीर्ण छाडिएको सडक निर्माण कार्यले लामो समय बित्दा समेत पूर्णता नपाएको भन्दै सुनसरीको इनरुवावासी आन्दोलित बनेका हुन् । उनीहरुले इनरुवाको भित्री बजार क्षेत्रको सडक खण्डमा अवरोध सृजना गरि खबरदारी समेत गरेका छन् । स्थानीय आन्दोलित बनेपछि जिल्लाको दक्षिणी भेगलाई सदरमुकाम इनरुवा सम्म जोड्ने मुख्य सडक मार्गमा सवारीका साधन सञ्चालन अवरुद्ध बनेको थियो । सडक निर्माणको जिम्मा पाएको रमण कन्ट्रक्सनले लापरवाही गरेको र जनप्रतिनिधिको समेत वेवास्ता गरेका कारण आफुहरुले सास्ती झेल्नु परेको स्थानीयको भनाई छ ।