Sunday, November 24, 2024
Home > राष्ट्रिय समाचार > मिचिएका सबै नेपाली भूमि फिर्ता गर्न माग गर्दै भारतीय दुतावास अगाडि प्रर्दशन

मिचिएका सबै नेपाली भूमि फिर्ता गर्न माग गर्दै भारतीय दुतावास अगाडि प्रर्दशन

मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)मा आवद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले मिचिएका सबै नेपाली भूमि फिर्ता गर्न भारतसँग माग गर्दै लैनचौरस्थित भारतीय दुतावास अगाडि विरोध प्रर्दशन गरेको छ ।

आज लैनचौरस्थित भारतीय दुताबास अगाडि विरोध प्रर्दशन गर्दै अखिल (क्रान्तिकारी)मा विद्यार्थी नेता तथा कार्यकर्ताहरुले नेपालको अतिक्रमित भूमि तत्काल फिर्ता गर्न भारत सरकारसँग माग गरेका हुन । त्यस क्रममा उनीहरुले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश गरेर हालै राजनीतिक नक्सा सार्वजनिक गरेको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध चर्का नाराबाजी पनि लगाएका थिए । विरोध प्रर्दशनपछि आयोजित कोण सभामा बोल्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले तत्काल नेपाली भूमि फिर्ता गर्न भारत सरकारसँग माग गर्नु भयो । उहाँले नेपाली भूमि भारतले फिर्ता नगरे आफूहरु बलिदानीपूर्ण संघर्षमा होमिन तयार रहेको पनि बताउनु भयो ।

विरोध प्रर्दशनमा विद्यार्थीहरुले ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, अतिक्रमित भूमि फिर्ता गर’ लगायत लेखिएका प्लेकार्डहरु पनि प्रर्दशन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *