Friday, November 22, 2024
Home > मुख्य समाचार > भारतद्धारा अतिक्रमित भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढ्ने प्रधानमन्त्रीको प्रतिवद्धता

भारतद्धारा अतिक्रमित भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढ्ने प्रधानमन्त्रीको प्रतिवद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्धारा अतिक्रमित भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

सत्तारुढ दल नेकपाका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले नेपालको सीमाको रक्षा गर्न र भारतद्धारा अतिक्रमित नेपाली भूमि फिर्ता लिन सरकार दृढतापूर्वक अघि बढने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । आज विहान सरकारी निवास वालुवाटारमा बसेको पार्टीको सचिवालय बैठकमा उहाँले भारतीय नक्सामा नेपालको भूमि समावेश गरिएको विषयमा नयाँदिल्लीस्थित राजदुतावासमार्फत् भारत सरकारको ध्यानाकर्षण गराइएको पनि जानकारी गराउनु भएको थियो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले द्धिपक्षीय वार्ताका लागि नेपाल सरकारले आफ्नो आधिकारिक दस्ताबेज तयार पार्ने कामलाई पनि अघि बढाएको पार्टीको सचिवालय बैठकमा ब्रिफिङ गर्नु भएको थियो ।

भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि समावेश गरिएकोमा नेपाल सरकारले असहमति जनाईसकेको छ । उता, भारतले पनि सो समस्या समाधानका लागि सचिव स्तरीय वार्तामा बस्न सकिने जनाउ सरकारलाई दिईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *