Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > फाल्गुनन्दको एकसय ३५ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

फाल्गुनन्दको एकसय ३५ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एकसय ३५ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ ।

फाल्गुनन्दलाई किराँत समुदायमा महान समाज सुधारकको रुपमा चिनिने गरिन्छ । आज पाँचथर जिल्लाको लब्रेकुटी र कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारमा विशेष कार्यक्रम गरिंदैछ । सत्य, शान्ति र अहिंसाका दूत एवं मानव एकताका अभियानकर्मी महागुरु फाल्गुनन्दको विसं १९४२ कात्तिक २५ गते साविकको इलाम जिल्लाको इभाङ गाविस वडा नं ५ चुक्चिनाम्बामा जन्म भएको थियो । किराँत समुदायका समाजसुधारक फाल्गुनन्द लिङदेनको जन्मजयन्तीको अवसरमा आज पाँचथर जिल्लाको आठओटै पालिकामा सार्वजनिक बिदा दिइएको छ । फाल्गुनन्द जयन्तीको अवसरमा मोरङको उर्लाबारी नगरपालिकाले पनि आज सार्वजनिक विदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *