Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > विराटनगर जेसीजले निकाल्यो मोटरसाइकल र्याली

विराटनगर जेसीजले निकाल्यो मोटरसाइकल र्याली

भ्रमण वर्ष २०२० लाई सफल बनाउन विराटनगर जेसीजले मोटरसाइकल र्याली निकालेको छ ।

जेसीस सप्ताहा कार्यक्रम अन्तर्गत पहिलो दिन आज मोटसाइकल र्याली निकालेको हो । विराटनगरदेखि निकालिएको र्याली पर्यटकीय स्थल भेडेटारसम्म पुगेको छ । सरकारले धेरैभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्य राखेको बेला विराटनगर जेसीजले भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यले ‘जेसीस सप्ताहा’ अन्तर्गत यस्तो कार्यक्रम आयोजना गरिएको विराटनगर जेसीजका अध्यक्ष सेवक बजगाईंले जानकारी दिनुभयो । प्रदेश १ मा रहेका पर्यटकीय स्थलहरूको प्रचार प्रसार गर्दै मोटरसाइकल र्याली निकालिएको हो । उक्त र्यालीको उद्घाटन प्रदेश नम्बर १ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतले गर्नुभएको थियो । कार्यक्रममा मन्त्री कुसियतले सबैको साथ सहयोगले भ्रमण वर्ष सफल बनाउनुपर्नेमा जोड दिनुभयो । सरकारले अपेक्षा गरेको भन्दा बढी पर्यटक भित्र्याएर भ्रमण वर्षलाई सफल बनाउन सबैको साथ सहयोगको खाँचो रहेको उहाँको भनाई थियो ।

विराटनगर जेसीजले प्रदेशभरि रहेका पर्यटकीय स्थलको बारेमा घुम्न जाने पर्यटकलाई जानकारी पुर्याउने उद्देश्यले विराटनगरस्थित इकोफन पार्कमा स्टल पनि राखेको छ । जेसीज सप्ताह कार्तिक २९ गते समापन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *