Friday, November 22, 2024
Home > मुख्य समाचार > GO Back India भन्दै मजदुर सडकमा

GO Back India भन्दै मजदुर सडकमा

विराटनगर । भारतले हालै जारी गरेको नेपालको भूमिसहितको नक्सा नसच्याए भारतीय लगानीमा संचालित उद्योग धन्दा अवरुद्ध गर्ने मजदुरहरुले चेतावनी दिएका छन ।

अखिल नेपाल ट्रेड युनियन महासंघ आबद्ध मजदुरहरुले आज विराटनगरमा गरेको प्रर्दशनपछि आयोजित कोणसभामा बोल्ने मजदुर नेताहरुले यस्तो चेतावनी दिएका हुन । ट्राफिकचोकमा आयोजित कोणसभामा सो युनियनका प्रदेश उपाध्यक्ष उपेन्द्र रायले भारतले हालै जारी गरेको नक्सा तत्काल सच्याउनुपर्ने माग गर्नुभयो । उहाँले भारतले बिस्तारबादको निति अनुसार नेपाली भूमिलाई कब्जा गर्न चाहेको आरोप लगाउदै त्यस्तो प्रयास विफल पार्न मजदुरहरु जुनसुकै कदम चाल्न पछि नहट्ने बताउनुभयो । नक्सा तत्काल नसच्याए र मिचिएको नेपालको भूमि फिर्ता नगरे नेपालमा संचालित भारतीय लगानीको उद्योगधन्दा तथा ब्यवसाय अवरुद्ध पार्ने चेतावनी समेत दिनुभयो । महासंघका प्रदेश अध्यक्ष टिका प्रसाईले भारतले नेपालको एक जिल्ला बराबरको भूमि मिचेको बताउदै फिर्ता नगरे कलकारखाना बन्द गरेर संघर्षमा जाने चेतावनी दिनुभयो । नेकपाका प्रदेश सदस्य भोगेन्द्र यादवले भारतले आफ्नो छिमेकीहरुलाई मिलाएर राख्नुपर्नेमा दुःख दिएको बताउनुभयो । उहाँले भारतले नेपाललाई मात्र नभई पाकिस्तान,बंगलादेश र श्रीलंका लगायतका देशलाई समेत दुःख दिएको आरोप लगाउनुभयो । समस्या समाधान गर्न सरकारले कुटनितिक पहल गर्नु पर्ने बताउदै उहाँले अन्यथा जनता आफै अघि बढ्ने चेतावनी दिनुभयो । यसअघि महासंघको कार्यालय सन्सारीमाई छेउबाट निकालिएको विरोध र्यालीले भारत बिरुद्ध नाराबाजी गर्दै नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *