Monday, November 25, 2024
Home > मुख्य समाचार > भारतले राजनितिक नक्सा जारी गरेपछि चौतर्फी विरोध जारी

भारतले राजनितिक नक्सा जारी गरेपछि चौतर्फी विरोध जारी

नेपाली भूमिलाई आफ्नो भन्दै भारतले राजनितिक नक्सा जारी गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ ।

कालापानी,लिम्प्यिाधुरा र लिपुलेक नेपाली भूमिलाई समावेशगरि भारतले नक्सा जारी गरेपछि जनस्तरबाट त्यसको तीब्र विरोध भइरहेको छ । सो क्रममा स्वतन्त्र यूवा समूहले विराटनगरस्थित सीमाक्षेत्रमा प्रदर्शन गरेको छ । समूहले आज बिहान रानीस्थित विराटनगर भन्सार कार्यालयको २ नम्बर गेटमा प्रर्दशन तथा कोणसभा गरेको छ । कोणसभामा अनेरास्ववियुका केन्द्रीय सचिव ओसिम आलमले नेपालीहरु मित्र राष्ट्रहरुसंग मित्रता राख्ने भएपनि एक इन्च पनि भूमि कब्जा गर्न खोज्नेलाई प्रतिबाद गर्न सक्षम रहेको चेतावनी दिनुभयो । स्वतन्त्र युवा समूहका अध्यक्ष मोहम्मद हमिद आजादले नेपाली भूमि कब्जा गर्ने जस्तो दुष्प्रयास भइरहँदा सरकार मौन बस्नु रहस्यमय भएको दाबी गर्नुभयो । सरकार कडारुपमा प्रस्तुत हुन नसकिरहेको अवस्थामा जनता उद्धेलित भएको र प्रतिवाद गर्न समेत तयार रहेको उहाँको भनाई थियो ।

प्लेकार्ड सहित प्रदर्शन गरेका सहभागिले ‘भारतीय बिस्तारबाद मुर्दाबाद’‘हाम्रो सिमाना मिचेको हो कि बेचेको ?’‘नेपाली हामी रहन्छौं कहाँ नेपालै नरहे’ र ‘सरकार किन मौन ?’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए । कार्यक्रममा सहभागी युवाहरुले नेपाली भूमिलाई भारतले आफ्नो नक्सामा समावेश गर्नु आपत्तिजनक रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *