Sunday, November 24, 2024
Home > मुख्य समाचार > सोमनाथ अधिकारी प्यासीद्धारा प्रदेश नम्बर १ को प्रदेश प्रमुखको रुपमा पदभार ग्रहण

सोमनाथ अधिकारी प्यासीद्धारा प्रदेश नम्बर १ को प्रदेश प्रमुखको रुपमा पदभार ग्रहण

पोखराका पुराना कम्युनिष्ट नेता सोमनाथ अधिकारी प्यासीले आज साँझ प्रदेश नम्बर १ को प्रदेश प्रमुखको रुपमा पदभार ग्रहण गर्नुभएको छ ।

काठमाडौंबाट आज विराटनगर विमानस्थल ओर्लिए लगतै प्रदेश प्रमुखको कार्यालयमा पुगेर उहाँले स्वस्ती वाचन र सेनाको सलामि पछि पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै उहाँले कार्यालय सञ्चालन बारे कर्मचारीहरुसँग जानकारी लिनुभएको थियो । उहाँले आफ्नो निश्चित जिम्मेवारी रहने भन्दै संविधान र कानून अनुसार भएका निर्णयहरु कार्यान्वयन गर्ने तथा सोही अनुसार निर्देशनको भूमिका निर्वाह गर्ने उनले बताउनुभयो ।  यसअघि नव नियुक्त प्रदेश प्रमुख अधिकारीलाई विराटनगर विमानस्थलमा प्रदेश सरकारका मन्त्रीहरुले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *