Monday, November 25, 2024
Home > मुख्य समाचार > प्रदेश १ का सबै जिल्लाका अस्पतालमा चिकित्सकको व्यवस्था यही वर्षभित्र गरिने

प्रदेश १ का सबै जिल्लाका अस्पतालमा चिकित्सकको व्यवस्था यही वर्षभित्र गरिने

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका सवै जिल्लाका अस्पतालमा चिकित्सकको व्यवस्था यही वर्षभित्र गरिने बताउनु भएको छ ।

प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालय एवम् स्वास्थ्य निर्देशनालय धनकुुटाद्वारा आज विराटनगरमा आयोजित ‘स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय बार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै उहाँले जनतालाई सहज स्वास्थ्य सेवा पहुँचका लागि करारमा चिकित्सक नियुक्तिको प्रक्रिया अगाडि वढाइएको जानकारी दिनु भयो । मुख्यमन्त्री राईले प्रदेश सरकारले स्वस्थ्य नागरिकवाट नै समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा हुने बताउदै आगामी नीति तथा वजेटमा मानवीय स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी काम गर्ने बताउनु भयो ।

कार्यक्रममा सामाजिक विकासमन्त्री जीवन घिमिरेले सरकारी चिकित्सकको काम छाडेर निजी क्षेत्रमा कार्य गर्नेलाई दण्डित गरिने बताउनु भयो । उहाँले न्यूनतम आवश्यक सुविधा उपलव्ध नगराउने निजी स्वास्थ्य संस्थामा अव ताला लगाउने भन्दै ट्रष्टको नाममा व्यापार गर्ने एम्वुलेन्स सेवाको विकृति अन्य गर्ने जानकारी दिनु भयो । भोलिसम्म चल्ने गोष्ठीमा प्रदेशका १४ जिल्ला अस्पतालका चिकित्सक, अस्पलाल विकास समितिका प्रमुख , सामाजिक विकास मन्त्रालयका कर्मचारी, जिल्ला समन्वय समितिका अध्यक्ष र निजी अस्पतालका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *