१२ वर्षअघि रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डमा संलग्न रहेको अभियोगमा पक्राउ परेका कांग्रेस नेता एवं निलम्बित सांसद मोहम्मद आफताब आलमसँगको बयान भोलिपनि जारी रहने भएको छ ।
सिजी रोल…
आलममाथि कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटक पदार्थ भण्डारणको अभियोग लगाएर जन्मकैद सहित जिल्ला सरकारी वकिलको कार्यालयले हिजो अभियोग पत्र दर्ता गराए पछि बयानका लागि आज अदालत लगिएको हो । प्राविधक कारणले बयानमा ढिला भएकाले बुधबार बयान सकेर थुनछेक बहस हुने जिल्ला न्यायधिवक्ता खडिन्द्रराज कटवालले बताउनुभयो । स्रोतका अनुसार आलमले अदालतमा समेत इन्कारी बयान दिएका छन । उनले घटना नै नभएको जिकिर गर्दै आएका छन । आलमलाई अदालत लगिँदा बाहिर उनका समर्थकको भीड लागेको थियो । जिल्ला प्रहरीले सदरमुकाम गौरको सुरक्षा व्यवस्था कडा पारेको थियो । संविधानसभा निर्वाचनको अघिल्लो दिन २०६४ चैत २७ गते राजपुर फरदहवामा भएको बम विस्फोटको घटनामा आलमविरुद्ध तीनवटा कसुरमा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा गएको शुक्रबार मिसिल बुझाएको थियो । बम विस्फोटमा परी त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाई घाइते अवस्थामा लगेर जिउँदै चिम्नी भट्टामा हालेर मारेको आरोपमा आलम, उनका भाई महताब आलम लगायत ११ जनालाई प्रतिवादी बनाइएको छ । घटनामा देखे सुनेकाहरुले प्रहरी समक्ष बयान दिइसकेका छन ।