Sunday, November 24, 2024
Home > राष्ट्रिय समाचार > जनकपुरमा पनि छठ भव्यताका साथ मनाइँदै

जनकपुरमा पनि छठ भव्यताका साथ मनाइँदै

आराध्यदेव सूर्य र ब्रह्माकी मानसपुत्री छठीको उपासना तथा आराधना गरी मनाइने महान् चाड छठ बिहीबारदेखि सुरु भएको छ ।

आज षष्ठीका दिन साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर सुरुआत र सप्तमी भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर यो पर्व सम्पन्न हुन्छ  । जनकपुरको सरोवरहरु गंगा सागर,धनुष सागर,अंगराज सर सहितका सरोवरहरुमा छठको उल्लास देखिएको छ । यी सरोवरहरुको घाटहरुलाई भव्य रुपमा सजाइएको छ । महाभारतमा पाण्डवहरूको गुप्तवासको सफलताको कामना गर्दै द्रौपदीले छठ पर्व गरेको बताइन्छ । त्यस बेलादेखि नै छठ पर्वको सुरुआत भएको धेरैको विश्वास छ । त्यसैगरी सूर्यपुराणमा अत्रिमुनिका अर्धाङ्गिनी सति अनुसुइयाले छठ पर्व गरेको उल्लेख पाइन्छ । साम्बपुराणका अनुसार पिता श्रीकृष्णको श्रापबाट कुष्ठरोगले पीडत श्रीकृष्णपुत्र साम्ब सूर्यको पूजा आराधनाबाट रोगमुक्त भएको चर्चा छ । त्यस्तै कुष्ठरोगबाट नै पीडित कवि मयुर भट्टले सूर्यको उपासना र पूजाबाट पुनः सुन्दर र स्वस्थ शरीर प्राप्त गरेको कथासँग जोडिएर छठ पर्वको सुरुआत भएको विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *