Monday, November 25, 2024
Home > मुख्य समाचार > कपिलवस्तु घटना: १० बुँदे सहमतिसँगै मूर्ति विर्सजन

कपिलवस्तु घटना: १० बुँदे सहमतिसँगै मूर्ति विर्सजन

कपिलवस्तुमा दुई पक्षको झडपका कारण भएको तनावले रोकिएको मूर्ति विर्सजन १० बुँदे सहमति भएसँगै विर्सजन गरिएको छ ।

बिहीबार राती २ः०० बजे दुवै पक्षबीच सहमति भएपछि लक्ष्मीका मूर्ति विर्सजन गरिएको हो । कफ्र्युका बीच सुरक्षा घेराबन्दीमा मूर्तिको विर्सजन गरिएको थियो । बिहीबार बिहान ११ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि लगाइएको कृष्णनगर क्षेत्रको कफ्र्यु पनि अवस्था हेरी घटाइने कपिलवस्तुका प्रहरी उपरीक्षक दीप शमशेर जबराले जानकारी दिनुभयो । सहमति भएका बुँदामा मृतक सुरजकुमार पाण्डेका परिवारलाई क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने, मूर्ति विर्सजन गर्न अवरोध गर्ने जमाल खाँलाई कानुनी कार्वाही गर्ने, प्रहरीले दमन गरे नगरेको छानबिन गर्ने, कृष्णनगर क्षेत्रमा आगामी दिनमा कुनै अप्रिय घटना हुन नदिनका लागि साझा पहल गर्ने लगायतका रहेका छन । दुवै पक्षबीच भएको वार्तामा प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी उपरीक्षक दीप शमशेर जबरा, कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *