Friday, November 22, 2024
Home > मुख्य समाचार > निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु

निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु

बलात्कारको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ ।

आज काठमाडौंको बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा पूर्व सभामुख महराको थुनछेक बहस सुरु भएको हो । महरामाथि संसदसचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका महरालाई सरकारी वकीलको कार्यालय, काठमाडौंले गत हिजो बलात्कार प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अहिले जिल्ला अदालत काठमाडौंमा महरालाई उपस्थित गराएर न्यायाधिश सुर्दशनराज पाण्डेको एकल इजलासमा थुनछेकको बहस सुरु भएको छ । थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पूर्पक्षका लागि कारगार चलान गर्नै अदालतले फैसला गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *